युरोकप : नेदरल्यान्ड्स र इंग्ल्यान्ड विजयी, स्लोभेनिया र डेनमार्क बराबर

काठमाडौं । युरोकप फुटबलमा नेदरल्यान्डस् र इंग्ल्यान्ड विजयी भएका छन् । हिजो भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो । यस्तै गएरातिको खेलमा इंग्ल्यान्डले सर्वियालाई १–० गोलले हरायो ।

गएरातिकै अर्को खेलमा स्लोभेनिया र डेनमार्कले भने १–१ गोलको बराबरी खेलेका छन् । आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे रोमानिया र यूक्रेन खेल्दैछन् । त्यस्तै राति पौने १० बजे बेल्जियम र स्लोभाकियाबीच खेल हुनेछ । यस्तै राति पौने एक बजे अष्ट्रिया र फ्रान्स खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर