बंगलादेशले नेपाललाई दियो एक सय ७ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई जितका लागि एक सय ७ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको किङ्ग्सटाउनमा बङ्ग्लादेश १९ ओभर ३ बलमा एक सय ६ रन बनाउँदा अलआउट भयो । उसका शाकिब अल हसनले सर्वाधिक १७ रन बनाए । त्यस्तै मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन जोडे । जाकेर अलीले १२ रन जोडे । तक्सिन अहमेद १२ रनमा अविजित रहे । लिटन दासले १० रन बनाए । बङ्ग्लादेशका अरु खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा दुई विकेट लिदै टी–२० मा एक सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् । सय विकेट पुरा गर्ने लामिछाने नेपालका पहिलो खेलाडी बनेका छन् । त्यस्तै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान दुई विकेट लिए । सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । एक सय ७ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

सन् २०१४ मा बंगलादेशमा भएको विश्व कपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । त्यति बेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बङ्ग्लादेशसँग पराजित भएको थियो । टेस्ट मान्यता प्राप्त देशसँग यसअघि १२ वटा टी–२० खेलेको नेपालले जित्न सकेको छैन ।  टी–२० विश्वकपमा भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर