सन्दीपको कीर्तिमान : सय विकेट लिने पहिलो नेपाली

काठमाडौं । नेपालका सन्दीप लामिछानेको टी–२० क्रिकेटमा एक सय विकेट पुरा गरेका छन् । वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकप क्रिकेटमा आफ्नो समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशको दुई विकेट लिएसँगै उनीले टी–२० मा एक सय विकेट पूरा गरेका हुन् । सन्दीपको टी–२० यो ५४ औँ खेल हो । सन्दीप सयौँ विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि दक्षिण अफ्रिकासँगको खेलमा उनी विकेटविहीन भएका थिए । छिटो एक सय विकेट पूरा गर्ने खेलाडीको सूचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खान छन् । उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । सन्दीप दोस्रो खेलाडी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर