नेप्से १७.०४ अकंले ओरालोतिर

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अकंले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४० लाख रुपैयाँको सेयर  कारोबार भएको छ । एनआरएनको १८ करोड १९ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । ङादी ग्रुप पावरको १५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोका लगानीकर्ताले ८.१७ प्रतिशतका दरले कमाएका छन् । कुथली बुखरीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर