बालेनको अराजक कार्यको विरोधमा कवाडीहरूको प्रदर्शन

काठमाडौं । काठमाडौं महनगरपालिकाका मेयर बालेन साहको बढ्दो मनोमालिन्य कार्यशैलीप्रति चौतर्फी विरोध सुरु भएको छ । महानगरमा लोकप्रिय काम गरेर चर्चा कमाएका मेयर साह केही दिन यता आलोचनाका शिकार हुँदै आएका छन् । आजै मेयर साहविरुद्ध नगर सभासदहरूले नगरसभा वहिष्कार गरेका छन् भने उता कवाड व्यवसायीहरू अदालतको आदेशविपरीत साहले जर्बजस्ती धरपकड र दुःख दिन थालेकाले उनको विरोधमा प्रदर्शन गरेका छन् । यसबाट के पुष्टि हुन्छ भने साहमा अराजक प्रवृत्ति बढ्दै गएको देखिन्छ ।
अदालतको आदेशविपरीत काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडविरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपूर्तिको माग गर्दै काठमाडौंमा कवाड व्यवसायीले प्रदर्शन गरेका हुन्।
‘कवाड व्यवसायीलाई सुरक्षा दे’,‘छोटे राजाहरुको आतंक बन्द गर, कवाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गर’ भन्नेजस्ता नारा प्रदर्शनकारीले लगाएका छन्। महानगरपालिकाले अदालतको आदेशविपरीत तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कवाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कवाड व्यवसायीका नेता सञ्जय साहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर