मेलम्चीको पानी लैजान स्थानीय निकायले अवरोध नपुर्‍याउने तर रोयल्टीको माग

काठमाडौं । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सरकारले आर्थिक वर्ष ०८१ ०८२ को बजेटमा मेलम्ची(हेलम्बु क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन नगरेकोमा आपत्ति जनाएका छन् । मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित जलवायुजन्य हानी तथा नोक्सानी र मेलम्ची बाढी विषयक नीतिगत छलफलमा तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताए ।

‘मेलम्ची र हेलम्बुबारे सरकारको नीति के हो ? नीति तथा कार्यक्रममा आउन सकेन । संघीय सरकारको नीति तथा कार्यक्रममा हामीले हेर्‍यौँ मेलम्चीको बारेमा खासै चासो देखाएको जस्तो लागेन । प्रदेश सरकारबाट पनि मेलम्चीको बारेमा नीति तथा कार्यक्रममा केही आएन भने हामी त्यत्तिकै बसेर उपयुक्त हुँदैन,’ तामाङले भने, ‘स्थानीय सरकारले पनि केही गर्नुपर्छ । मेलम्ची सबै व्यवस्थापन गर्न स्थानीय सरकारले सम्भव हुँदैन तर पनि अब केही दिगोपनको रूपमा नसके पनि अस्थायी रुपमा हामीले गरिरहेको अवस्था छ ।’

‘भोलिको दिनमा मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा मेलम्ची नगरपालिकाको ठूलो सहयोग पुग्नेछ । हाम्रोतर्फबाट कहीँ कतै बाधा, व्यवधान खडा हुँदैन,’ तामाङले भने, ‘प्रोजेक्ट जानुपर्छ र यहाँका स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत संघीय सरकारले यहँको ुमस्यालाई सम्बोधन र्गुपर्छ ।’

संसदको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिने कुरामा जोड दिनुपर्ने बताइन् । १२ महिना काठमाडौंका नागरिकलाई पानीको व्यवस्था भएको खण्डमा त्यसबापतको रोयल्टी मेलम्चीका नागरिकहरूले पाउने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर