सुनको मूल्य प्रतितोलामा १६ सय रुपैयाँ वृद्धि

काठमाडौं । विगत दुई तीन दिन यता स्थिर रहेको सुनको भाउ आज आइतबार बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर