प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची रहेको छ।

त्यस्तै लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ। विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहनेछ। आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर