युरोकप-२०२४ : स्पेन विजयी

काठमाडौं । यूईएफए युरोकप-२०२४ मा स्पेनले सानदार विजयी शुरूआत गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनले क्रोएसियालाई ३-० गोल अन्तरले हराएको हो । पहिलो हाफ एकपक्षीय ढंगले स्पेनले प्रभाव जमाएको खेलमा २९ औं मिनेटमा अल्भारोज मोराटाले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए । ३२औं मिनेटमा फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए भने पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गर्दै स्पष्ट नतिजा आफ्नो पक्षमा पारे । दोस्रो हाफमा क्रोएसियाले पुनरागमन गर्न सकेन ।
प्रतिक्रिया