मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । अहिले कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहेको छ भने गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी  भू-भागमा आंशिक बदली रहेको छ । कोशी  प्रदेशका केही स्थान तथा मधेश र बागमती  प्रदेशका थोरै स्थानमामा चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो​ कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशलगायत बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली  तथा बाँकी भू-भागमा आंशिक देखी  मौसम मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर