काठमाडौंमा आज साँझ वा रातिदेखि मनसुनको प्रभाव देखिने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम हिजोको तुलनामा आज केही घटेको छ । आज चिसो हावा चलेकाले हिजोको तुलनामा आज केही गर्मी कम भएको महसुस गरिएको हो । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि केही शीतल हुने जनाएको छ । आज बेलुकादेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज बेलुकीपख र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए ।

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले उल्लेख गरे । हिजोको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । आज काठमाडौंको अधिकतम तापक्रम ३३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर