खेलकुदमन्त्री श्रेष्ठको सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार पुरातन र कर्मकाण्डी हिसावमै चलेको बताए । आफूहरू खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनको भनाइ छ ।

उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । उनले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा एकपटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर