क्याम्पस प्रमुख रविभूषण प्रसाद कुशवाहाको गोली प्रहार गरी हत्या

काठमाडौं । बारा कलैयास्थित रामराजा मोहन बहुमुखी क्याम्पसका प्रमुख रविभूषण प्रसाद कुशवाहाकोअज्ञात समूहको गोली प्रहारबाट शुक्रबार साँझ मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका कुशवाहाका उपचारका क्रममा निधन भएको हो ।
कुशवाहको बयोधा अस्पतालमा केहीबेर अघि मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। आदर्श कोतवाल गाउँपालिका(३ बतरा टोलमा साँझ ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा कुशवाहा गम्भीर घाइते भएका थिए। उनको कोखामा गोली लागेको थियो।

मोटरसाइकलमा सवार कुशवाहालाई मोटरसाइकलमै आएका व्यक्तिले गोली प्रहार गरी फरार भएका बुझिएको छ। बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको भन्ने जानकारी प्राप्त भएको बताए। उनले घटनापछि जिल्लाको सुरक्षाको व्यवस्था कडा पारिएको तथा अपराधी भाग्न नदिन सीमा क्षेत्रमा प्रहरी परिचालन गरिएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर