गण्डकीमा सत्ता राजनीति अन्योल, फणिन्द्रमाथि कारवाहीसँगै मुख्यमन्त्री पाण्डे अल्पमतमा ?

काठमाडौं । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले माओवादीका सांसद फणिन्द्र देवकोटा पदमुक्त भएको घोषणा गरेका छन् । प्रदेशसभाको आज बसेको बैठकमा नेकपा मओवादीले सांसद देवकोटामाथि कारवाही गरेको पत्र उल्लेख गर्दै उक्त घोषणा गरेका हुन् । सभामुखलाई प्राप्त सिफारिस पत्रका आधारमा देवकोटामाथि कारबाही गरिएको उनले जानकारी गरा । योसँगै गण्डकीका मुख्यमन्त्री सुरन्द्र पाण्डे अल्पमतमा परेका छन् ।
गत निर्वाचनमा गोरखा–२ (१) बाट नेपाल समाजवादी (नेसपा) का देवकोटा माओवादीको चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने ह्वीप जारी गरेको गरे पनि देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । उनलाई सो विषयमा माओवादीले स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नपाएको भन्दै माओवादीले आज शुक्रबार कारबाही गरेको हो । उनी हाल गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रहेका छन् ।

फणिन्द्रको प्रतिवाद : असंवैधानिक काम भयो, राजनीतिक प्रतिशोध साँधियो

नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त भएका गण्डकी प्रदेश सभा सदस्यले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्। माओवादीले गैरसंवैधानिक कदम चालेको देवकोटाको टिप्पणी छ। उनले आफ्नो दल र संसदीय दल फरक फरक भएको बताए। ‘आज जुन धारा प्रयोग गरेर संसदीय दल माओवादीले कारबाही गरेको छ चुनाव चिह्न लिएको आधारमा, उहाँ माओवादीको हो त्यसैले उहाँलाई माओवादीले कारबाही गर्नपर्छ, जुन प्रयोग गर्नभा’छ त्यो कानुनी हिसाबले, राजनीतिक हिसाबले र संवैधानिक हिसाबले गलत छ’, देवकोटाले भने। दुई वा दुईभन्दा बढी राजनीतिक दलले एउटै चुनाव चिह्न लिन पाउने व्यवस्थाले दुई वटा राजनीतिक दलको अस्तित्व स्वीकार गरेको उनको भनाइ छ।

                                                                           (सांसद फणिन्द्र देवकोटा बीचमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर