नयाँ संसद् भवनमा मदिराको बार खोल्न कांग्रेसका सांसदको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले अहिले नयाँ बन्दै गरेको संसद् भवनभित्र मदिरा बेच्ने बार निर्माण गर्न प्रस्ताव गरेका छन् ।

‘अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गर्न चाहेँ’, प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सांसद बजगार्इँले भने । बजगाईंले आफूले सन् २००६ तिर अमेरिकामा कंग्रेस र सिनेटको अफिस घुम्ने मौका पाएको प्रसंग जोड्दै उनले त्यहाँ मदिरा बार देखेको बताए । “सिनेटमा आतिथ्यता गर्न जाने वा घुम्ने पाहुना वा पर्यटकहरूलाई त्यहाँ बारमा लगिँदोरहेछ । डेमोक्र्याटहरूले आफ्नो बारमा र रिपब्लिकनहरूले पनि आफ्नै बारमा सोसलाइजेसन गर्ने रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ”, उनले भने । आफूले लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा पनि बार देखेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर