फ्लोरिडामा भारी वर्षा : आपत्कालीन अवस्थाको घोषणा

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडामा लगातार भारी वर्षाभएपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको छ।  गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका हुन्। मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड काउन्टीका केही भागमा बाढीले घर, कम्पनी र सडकलाई असर गरिरहेको बताएको छ।

ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा सात इन्चसम्म वर्षा भएको छ। फोर्ट लोडरडेल/हलिउड क्षेत्रमा बुधबार र बिहीबार ५० मिलिमिटर वर्षा भएको छ। अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो। आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा प्रत्येक वर्ष वर्षा र तूफान आउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर