ताप्लेजुङको फक्ताङलुङमा पहिरोबाट चार जनाको मृत्यु

काठमाडौ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको छ । पहिरो रातको समयमा गएको थियो । सिंवा प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको र आधिकारिक विवरण संकलन गर्ने काम भइरहेको रावलले बताए । यसअघि सिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चारवटा अस्थायी पुल तथा उत्तरतर्फ जोड्ने सडक अवरुद्ध भएको थियो । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर