जिल्ला न्यायाधीशको लिखित परीक्षामा ८ जना मात्रै उत्तीर्ण

काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक नतिजामा ४३ जिल्ला न्यायाधीशका लागि माग हुँदा लिखित परीक्षामा ८ जना मात्रै उत्तीर्ण भएका छन्। न्याय सेवा आयोगले वैशाख २७ देखि ३० गतेसम्म लिखित परीक्षा लिएको थियो। न्यायाधीश पदमा निकै कम मात्र परीक्षार्थी उत्तीर्ण हुने गरेका छन्। सफल उम्मेदवारको अन्तर्वार्ता असार ६ र ७ गते हुने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर