आज बिहीबार शेयरबजार ओरालोतर्फ

काठमाडौं । केही दिन यता बढेको शेयर बजारमा साताको अन्तिम दिन आज करेक्शन आएपछि कारोबार रकम ह्वात्तै बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९.३२ अंकले तल झरेको हो । ०.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २११२.२९ अंकमा ओर्लिएको छ । समग्रमा बजार घटे पनि विकास बैंक र फाइनान्स समूह क्रमशः १.३१ र २.०३ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । सबैभन्दा बढी उत्पादनमूलक समूह १.०३ प्रतिशतले घटेको छ ।

आज ३१३ कम्पनीका १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २ सय ८.११ रुपियाँ बराबरको कारोबार भएको छ । बजारमा करेक्शन देखिए पनि तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । समृद्धि फाइनान्स, कुथेली बुखरी हाइड्रो र साधना लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९९ प्रतिशतले नाफा कमाए । त्यस्तै मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । नेपाल फाइनान्स लिमिटेडको उच्च करोबार भएको छ । उक्त कम्पनीको २८ करोड ४७ लाख ३९ हजार ६सय ९७.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर