देशमा सबैभन्दा गर्मी धनगढीमा, काठमाडौंको ३४.३ डिग्री सेल्सियस

काठमाडौं । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभरको पूर्वाह्नसम्मको तापक्रमको अवस्था अद्यावधिक गरेको छ । जसअनुसार सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४३.९, नेपालगञ्जको ४२.२, वीरेन्द्रनगर (सुर्खेत) को ४१.१, दिपायलको ४०.८ र काठमाडौंको ३४.३ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।
महाशाखाले आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । यस्तै महाशाखाले कोशी प्रदेशकालगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा अपराह्नसम्ममा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर