आइसिसी टी-२० वरीयतामा नेपाल १८औँ स्थानमा

काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । अमेरिका र वेस्ट इण्डिजमा जारी विश्वकपमा नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल १७औँबाट १८औँ स्थानमा झरेको हो । नेपाल एक वरीयता खस्कँदा अमेरिका १७औँ स्थानमा उक्लिएको छ । जारी विश्वकपमा पाकिस्तान र क्यानडालाई हराएपछि अमेरिकाले वरीयतामा पनि सुधार गरेको हो । टी-२० वरीयताको शीर्ष स्थानमा भारत कायमै छ । टिमको वरीयता खस्किए पनि नेपाली टिमका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले टी-२० अलराउन्डतर्फको वरीयतामा एक स्थान सुधार गरेका छन् । योसँगै उनी नवौँ स्थानमा उक्लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर