वर्षाका कारण नेपाली क्रिकेट टोली वेस्टइण्डिज जानबाट रोकियो

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भइरहेको वर्षाका कारण नेपाली क्रिकेट टोली वेस्टइण्डिज जानबाट रोकिएको छ । आइसिसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइण्डिज जानुपर्नेमा खराब मौसमका कारण अमेरिकामै रोकिएको हो । अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडान रद्द भएका छन् । मंगलबारदेखिको झरी बुधबार पनि कायम रह्यो । बिहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले सूचना जारी गरेको छ ।
मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ । फ्लोरिडामा मंगलबार हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले अब वेस्ट इण्डिजमा दक्षिण अफ्रिका र बंगलादेश​सँग खेल्नेछ । वेस्ट इण्डिजमा पूर्वकप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने नेपाली टोलीलाई पर्खिएका छन् । अमेरिका जान नपाएका उनले वेस्ट इण्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर