रूपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं । रूपन्देहीमाको बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति साढे ८ बजे कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा बुटवल १० बस्ने स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा बुटवल उपमहानरपालिका ९ बस्ने चन्दा श्रेष्ठ र सोही ठाउँ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लु २ च ८५३१ नम्बरको  कार अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर