वेब सिरिज ‘मिर्जापुर’ को तेस्रो सिजनको टिजर सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित भारतीय वेब सिरिज ‘मिर्जापुर’ को तेस्रो सिजनको टिजर सार्वजनिक भएको छ । जुलाई ५ मा रिलिज हुने यस सिरिजको डेढ मिनेटको दमदार टिजर सार्वजनिक भएको हो । टिजरमा पंकज त्रिपाठी, अली फजल, रसिका दुग्गल, विजय वर्मा, श्वेता त्रिपाठी, ईशा तलवार, लिलिपुट, मेघना मलिक, मनु ऋषि र शीबा चड्डा आ–आफ्नो भूमिकामा देखिएका छन् । यस सिजनमा ‘मुन्ना भैया’ अर्थात् दिव्यन्दु शर्मा देखिने छैनन्।

यो टिजरमा मिर्जापुरलाई जङ्गल र त्यहाँ बस्ने मानिसलाई जनावरसँग तुलना गरिएको छ । यहाँ ‘कालिन भैया’ फर्किँदै छन् र उनलाई घाइते सिंह झैं प्रस्तुत गरिएको छ । साथै यस सिजनमा अघिल्लो सिजनका दड्डा त्यागी, शंकुतला शुक्ला र लाला जस्ता धेरै पात्रहरूले आफ्नो बदला लिइएको देखाइएको छ । ‘मिर्जापुर’ को पहिलो सिजन २०१८ मा र दोस्रो सिजन २०२० मा रिलिज भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर