विश्वकप क्रिकेटः अष्ट्रेलिया ‘सुपर-८’ मा प्रवेश

काठमाडौं ।  आईसीसी टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ । अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको हो । यो जितसँगै अस्ट्रेलिया नवौँ विश्वकपको ‘सुपर ८’ चरणमा पुग्ने दोस्रो टोली पनि बनेको छ ।   बिहान भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई एक विकेटको क्षतिमा ५ ओभर ४ बलमै लक्ष्य पुरा गरेको हो ।

अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ८ बलमा २० रन जोडे । उनी दोस्रो ओभरमा आउट भएका थिए । अर्का ओपनर ट्राभिस हेडले ५ चौका र २ छक्कासहित ३४ रन जोडे । कप्तान मिचेल मार्सले ९ बलमा ३ चौका र १ छक्कासहित १८ रनको योगदान दिए । त्यसअघि नामिबियाले १७ ओभरमा अलआउट हुनुअघि ७२ रन जोडेको थियो । कप्तान हेरार्ड एरास्मसले ४३ बलमा ३६ रन जोडे । त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

अष्ट्रेलियाका एडम जाम्पाले १२ रन खर्चेर ४ विकेट लिए । जश हेजलवुड र मार्कस स्टोइनिसले २-२ तथा प्याट कमिन्स र नाथन एलिसले १-१ विकेट हात पारे । अष्ट्रेलियाले ३ खेलमा ६ अंक जोडेको छ । स्कटल्याण्डको ३ खेलमा ५ अंक, नामिबियाको ३ खेलमा २ अंक तथा इंग्ल्यान्डको २ खेलमा १ अंक छ । ओमानले ३ खेलमा अंक जोड्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर