टी–२० विश्व कपमा पाकिस्तानको पहिलो जित

काठमाडौं ।  टी–२० विश्व कपमा पाकिस्तानले पहिलो जित निकालेको छ। पाकिस्तानले मंगलबार क्यानाडालाई ७ विकेटले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो। यसअघि पाकिस्तान अमेरिका र भारतसँग पराजित भएको थियो। क्यानाडाको यो तेस्रो खेलमा दोस्रो हार हो। अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जित निकालेको थियो।

पाकिस्तानले क्यानाडाविरुद्ध १ सय ७ रनको लक्ष्य ३ विकेटको नोक्सानीमा १५ बल बाँकी रहँदा नै पूरा गरेको थियो। अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल क्रिकेट एकेडेमीमा पाकिस्तानलाई जित दिलाउन ओपनर मेहम्मद रिजवानले नटआउट अर्धशतक बनाए। ५३ बल खेलेका रिजवानले २ चौका र १ छक्काको मद्दतमा ५३ रनमा नटआउट रहे।

कप्तान बाबर आजमले ३३ रन जोडे । ३३ बलमा बाबरले १ छक्का र १ छक्का प्रहार गरे। उस्मान खान २ रनमा नआउट रहे। सइम अयुव ६, फकर जमान ४ रनमा आउट भए। क्यानाडाका डिलोन हेलिंगरले २ तथा जिरेमी गोर्डनले १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो। ओपनर आरोन जोन्सनले अर्धशतक बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्।

आरोनले ४४ बलमा समान ४ छक्का र चौकाको मद्दतमा ५२ रन बनाए। कलिम सानाले नआउट १३ र साद विन जाफरले १० रन जोडे। पाकिस्तानका लागि प्लेयर अफ दी म्याच मोहम्मद आमिरले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए। हरिस रौफले २ तथा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान १ विकेट लिए। अमेरिकाले भारत र आयरल्यान्डसँगको दुवै खेल गुमाएर आफूले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तानको सुपर आठमा जाने सम्भावना जीवित रहन्छ।

समूह ए मा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अंक जोडेका छन्। पाकिस्तान र क्यानाडाको समान २ अंक छ भने आयरल्यान्ड अंकविहीन छ।  आज राति भारत र अमेरिका खेल्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर