नेदरल्यान्ड्सको लगातार जित

काठमाडौं। नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइसल्यान्डलाई पराजित गरेको छ।

सोमबार राति सम्पन्न खेलम नेदरल्यान्ड्सले ४-० गोल अन्तरले विजयी भएको हो। नेदरल्यान्ड्सको यो लगातार दोस्रो जित हो। यसअघि नेदरल्यान्ड्सले क्यानडालाई ४-० गोल अन्तरले पराजित गरेको थियो। नेदरल्यान्ड्सका जाभी सिमोन्सले पहिलो हाफको २३औं मिनेटमै गोल गरेका थिए।

४९औं मिनेटमा भर्जिल भ्यान डाइकले अग्रता दोब्बर बनाए। ७९औं मिनेटमा डोनिएल मालेनले अर्को गोल थपे। दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा वाउट वेघोर्स्टले गोल गर्दै घरेलु टोलीलाई सानदार जित दिलाए। यसअघि नेदरल्यान्ड्सले क्यानडालाई ४-० गोल अन्तरले पराजित गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर