प्रचण्डको गण्डकी फ्लोर क्रसको आरोप बाबुरामद्वारा खारेज

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नो दलका सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिएको कुरा संविधानबमोजिम नै रहेको दाबी गरेको छ । नेसपाका प्रवक्ता कृष्ण शर्माले एक विज्ञप्ति जारी गर्दै पाण्डेले दिएको विश्वासको मतलाई लिएर फ्लोस क्रस भनी गरिएको प्रचारप्रति पनि आपत्ति जनाएको छ । देवकोटा नेसपाकै उम्मेदवार रहेको र निर्वाचन आयोगले पनि जितपश्चात् नेसपाकै सांसद भनेर प्रमाणपत्र दिएको शर्माको दाबी छ । माओवादीले भने सांसद देवकोटाले फ्लोर क्रस गरेको भनेर कारबाही गर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर