चरित्रहत्या गरेको आरोपमा शोभा पाठक पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतसँग पाँच वर्षदेखि सम्बन्धमा रहेको दाबी गर्दै मिडियामा छाएकी शोभा पाठक पक्राउ परेका छन् । उनीलाई पक्राउ गर्नुको कारण भने बस्नेतसँगको मुद्दा नभएर सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्यूरोले सोमबार नियन्त्रणमा लिएको हो ।

धादिङकी घर भई काठमाडौं बस्दै आएकी पाठकलाई ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि अदालतबाट अनुमति लिएर पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको बताए । ज्ञातव्य छ कि पाठकले एमालेका नेता बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरीसमेत दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर