गण्डकीको सत्ता राजनीति डा. भट्टराईको स्पष्ट बदला

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डेले प्रदेशसभासमक्ष राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित भएसँगै गण्डकी प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनभन्दा अलग दलहरु सम्मिलित सरकार स्थिर भएको छ । पाण्डेलाई नेकपा माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको मत निर्णायक बन्यो । यसअघि सत्ता गठबन्धबाट मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई विश्वासको मत दिएका देवकोटाले यस पटक भने पाण्डेको पक्षमा मतदान गरे ।

काँग्रेससँग २७ मत भएको अवस्थमा पाण्डेलाई सरकार जोगाउँन ४ मत आवश्यक थियो । राप्रपाले पाण्डेलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर राप्रपाले समर्थनले मात्र पाण्डेलाई बहुमत पुग्ने अवस्था थिएन । राप्रपाले समर्थन गर्दा २९ पुग्यो । सरकार टिकाउन ३१ मत आवश्यक थियो । त्यसका लागि पाण्डेलाई स्वतन्त्र सांसद राजीव गुरुङ र नेपाल समाजवादीका देवकोटाले मत अनिवार्य थियो । स्वतन्त्र सांसद मनाङेले भने यस अघि नै ३० पुर्‍याउने दललाई आफूले मतदान गर्ने बताएका थिए । फडिन्द्रले पाण्डेलाई समर्थन गरेसँगै मनाङेले पनि पाण्डेलाई नै मतदान गर्ने अवस्था बन्यो ।
प्रदेशमा विपक्षी गठबन्धनको सरकार जोगाउन यति वेला नेपाल समाजवादीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई भुमिका महत्व पूर्ण देखिएको छ । आफनै निर्वाचन क्षेत्र बुझाउँदा पनि प्रचण्डको पटक–पटकको घात र प्रतिघातबाट आजित भट्टराईले भने आफ्नो दलका प्रदेश सांसद देवकोटालाई पाण्डेको पक्षमा मतदान गर्न लगाएर राम्रै बदाला लिएका छन् । तर माओवादी केन्द्रले देवकोटालाई आफ्नो दलको सांसद भएको दावी गर्दै फ्लोर क्रस गरेको बताएको छ । उनीमाथि माओवादी केन्द्रले कारवाही गर्ने र सभामुखले उनलाई निलम्बन गर्ने र पुनः यो विषय पनि अदालत जाने निश्चित प्रायः छ ।

यता देवकोटा भने आफ्नो दल नेपाल समाजवादी नै भएकाले माओवादी केन्द्रको कारवाहीले अर्थ नराख्ने प्रतिक्रिया दिएका छन् । राजनीतिक दलसम्बन्धी ऐनले एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा गई विजयी बनेर आएका सांसदहरुको एउटै संसदीय दलको रहने व्यवस्था भएता पनि भट्टराईको आग्रहमा नै देवकोटाले पाण्डेलाई मतदान गर्नु प्रचण्ड र ओलीमाथि उनले लिएको बदलाको रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर