गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाए

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा सोमबार भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले मतदान गरेका थिए । प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए । विपक्षमा २८ मत परेको छ । मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले मत दिएका हुन् ।

सर्वोच्च अदालतले २४ घन्टाभित्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको सोहीबमोजिम संविधानको धारा १६८ (३) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएको र उनले ३० दिनभित्र विश्वासको मत लिएका हुन् । उनको पक्षमा परेको मत गण्डकी प्रदेशसभाको बहुमत हो ।

यसैबीच पाण्डेले विश्वासको मत लिने क्रममा नाराबाजी भएको छ । मत विभाजनका क्रममा सत्तारुढ दलका सांसदहरूले माओवादी केन्द्रका सांसद फणिन्द्र देवकोटालाई पक्षमा मतदान गर्न लगेसँगै एमाले र माओवादी केन्द्रका सांसदहरूले नाराबाजी गरेका हुन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर