नेपालको पूर्वी भागमा यस वर्षको मनसुन भित्रियो

काठमाडौं । उखरमाउलो गर्मीले आक्रान्त देशवासीका लागि मनसुन भित्रिएको खबरले राहत पुर्‍याउने भएको छ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आज सोमबारदेखि भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको एक वा दुई दिनमा नेपालको पूर्वी भाग हुँदै मनसुन काठमाडौं भित्रिने छ । नेपालमा मनसुन आउने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो पूर्वी भागमा भित्रिएको छ । यस पटकको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर