विवाह गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

काठमाडौं । सोनाक्षी सिन्हाले बलिउड अभिनेता जहीर इकबालसँग जुन २३ मा मुम्बईमा विवाह गर्दैछिन् । इन्डिया टुडेको रिपोर्ट अनुसार यो विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । यसबाहेक सोनाक्षीको हालै रिलिज भएको वेब सिरिज ‘हिरामन्डी’ को स्टारकास्टलाई पनि यो विवाहमा निम्तो दिइएको छ ।

विवाह समारोहको सेलिब्रेशन मुम्बईको प्रसिद्ध रेस्टुरेन्ट बास्टियनमा हुने अनुमान गरिएको छ । उक्त रेस्टुरेन्टको मालिक अभिनेत्री शिल्पा शेट्टी हुन् । सोनाक्षी र जहिर दुवै लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । तर, अहिलेसम्म दुवैले यसबारे खुलेर बोलेका छैनन् न कुनै आधिकारिक घोषणा गरेका छन् । ३६ वर्षीय जहीर इकबालले सन् २०१९ मा फिल्म ‘नोटबुक’ बाट डेब्यू गरेका थिए । यसपछि उनी सन् २०२२ मा सोनाक्षी र हुमा कुरैशी स्टारर फिल्म ‘डबल एक्सएल’मा देखिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर