बढ्दो गर्मी, काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस

काठमाडौं । पानी पर्न छाडेपछि देशैभरको तापक्रम उच्च हुँदै गएको छ। आइतबार मध्याह्नसम्ममा काठमाडौं उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुगेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन पानी पर्ने सम्भावना न्यून रहेकाले तापक्रम बढ्ने सम्भावना छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आइतबार सबैभन्दा बढी तापक्रम धनगढीको करिब ४३ डिग्री मापन भएको छ। नेपालगन्जको तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेको उनको भनाइ छ। उनका अनुसार नेपालमा अबको केही दिनमै मनसुन प्रवेश गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर