प्रधानमन्त्री प्रचण्ड र संघीयमन्त्री एस जयशंकरबिच भेट

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यहाँका नवनियुक्त संघीयमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बसेको होटेल ताजमा पुगेर सोमबार (आज) उनले भेट गरेका हुन् । उक्त अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकामा जयशंकरलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । उनले आउँदा दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका सचिवालयले जनाएको छ । मन्त्री जयशंकरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएकामा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर