स्कुलमा अन्धाधुन्द गोली प्रहार गरी १३ जनाको हत्या

काठमाडौं । सर्वियाको राजधानी बेलग्रेडमा एक जना किशोरले स्कुलमा अन्धाधुन्द गोली प्रहार गरी १३ जनाको हत्या गरेका छन् । यस्तै, गोली प्रहारबाट ६ बालबालिका र एक जना शिक्षक घाइते भएका छन् ।

मारिनेहरुमा आठ जना विद्यार्थी र पाँच जना स्कुलका सुरक्षा गार्ड रहेका छन् ।

बेलग्रडस्थित एक प्राथमिक विद्यालयमा पढ्ने १३ वर्षीय ती किशोरले बुधबार बिहान कक्षा सुरू हुनासाथ गोली बर्षाएका थिए । सुरूमा गार्डमाथि गोली हानेर उनी कक्षामा प्रवेश गरी सहपाठीहरुमाथि गोली प्रहार गरेका थिए । त्यसपछि अर्को कोठामा गएर गोली प्रहार गरेका थिए ।

उनलाई रोक्न आएका सुरक्षा गार्डहरुमाथि पनि गोली चलाएका थिए ।

कक्षामा मारिनेहरुमा सात जना छात्रा र एक छात्र रहेको बताइएको छ ।

गोली प्रहारबाट घाइते भएका ६ बालबालिका र एक जना शिक्षकलाई अस्पताल भर्ना गरिएको छ ।

गोली प्रहार गरेपछि उनी आफैलें पुलिसलाई खबर गरेर आफूलाई गिरफ्तार गर्न भनेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर