भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण सम्पन्न

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको हिजो आइतबार शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष  प्रधानमन्त्री पदको शपथ लिएका थिए । शपथ ग्रहण समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि यसअघि रक्षामन्त्री रहेका राजनाथ सिंह, पहिला गृहमन्त्री रहेका अमित शाह, नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस. जयशंकर, निर्मला सीतारमणलगायतले पनि मन्त्रीको शपथ लिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जना मन्त्री र ४१ जना राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, भारतीय जनता पार्टी एक्लैले भने बहुमत ल्याउन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर