कम्युनिस्ट भन्नेहरूले नै कम्युनिस्टलाई सिध्याउन खोजे : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट भन्ने हरुले नै कम्युनिस्टलाई सिध्याउन खोजेको बताएका छन् । पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा अध्यक्ष नेपालले जसपा विभाजनपछि आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउन अध्यादेश ल्याउने प्रयास भएको बताएका हुन् ।

” यहाँ कम्युनिस्ट हौँ भन्ने हरु नै कम्युनिस्टको विरोधी भएका छन् । कम्युनिस्ट सिध्याउन लागिरहेका छन् । कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ । एउटा अध्यादेश ल्याएर हामीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसपापछि दोस्रो तारो हामी बनेका हौं। यो यथार्थ बुझेनौँ भने कम्युनिस्ट पार्टीलाई कसरी सिध्याउन खोजियो भन्ने बुझिन्न” अध्यक्ष नेपालले भने ।

जसपा विभाजनपछि सरकारले सदनमा दर्ता भएको राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएसँगै सदन स्थगित गरेर अध्यादेश ल्याउन खोजिएको भनी राजनीतिक वृत्तमा चर्चा चलेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर