स्क्वायर सहकारीका सञ्चालक र सदस्य पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको मखन टोलस्थित स्क्वायर सहकारीको रकम हिनामिना गरेको आरोपमा सञ्चालकहरूलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका–१४ का ६६ वर्षीय वासुदेवमान जोशी, सहकारीका सचिव सुवर्ण सेलालिक र सहकारीका सदस्य धर्मरत्न पाच्छैलाई शुक्रबार पक्राउ गरेको हो । सहकारीको सात करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन भएको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर