आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने प्रक्रियामा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति बनाउने प्रक्रिया अगाडी बढाएको छ । मौद्रिक नीति तयारीका लागि केन्द्रीय बैंकले पनि विभिन्न निकायसँग छलफल गर्ने गरेको छ ।

आगामी मौद्रिक नीति कस्तो हुनुपर्छ भन्ने राय सुझावका लागि सरोकारवाला निकायसँग आग्रह गरेको छ । असार २६ गतेभित्र मौद्रिक नीतिका विषयमा सुझाव दिन सकिने गरी केन्द्रीय बैंकले सुझाव पठाउन भनेको छ । आर्थिक अनुसन्धान विभागले [email protected] मा पठाउन भनेको छ ।

आगामी आर्थिक वर्षको बजेट आइसकेको छ । सोही बजेट कार्यान्वयनलाई सघाउने गरी मौद्रिक नीति आउने छ । आर्थिक शिथिलता हटाउन लचक नीति लिने केन्द्रीय बैंकले संकेत गरेको छ । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्‍याउने उद्देश्य राखेको हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर