एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिला पक्राउ

काठमाडौं । एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रहरी टोलीले कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरेको हो ।

कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर