वास्तविक चेपाङ जीवनमा आधारित डकुमेन्ट्री ‘पचेडा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । ‘कथाभित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका हुन् ।

चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन् । ‘कुनै हरर फिल्मको झल्को दिने भएपनि यो वास्तविक कथा हो । वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको संघर्षको कथालाई जस्ताको त्यस्तै देखाउने कोसिस गरेको छु,’ उनले भने ।

फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । ‘पचेडा’ डकुमेन्ट्री सन्तलाल चेपाङको कथा हो, जसलाई उनले तीन सेड्युलमा छायांकन गरेका थिए । डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवारलाई चित्रण गरिएको छ । उनी बसोबास गर्दै आएको मनहरी गाउँपालिकाको नयाँबस्तीमा फिल्म खिचिएको छ । फिल्मलाई केसीसँगै विनिता क्षेत्रीले निर्माण गरेकी हुन् । सहायक निर्मातामा बालकृष्ण खड्गी छन् । वृत्तचित्रको प्रदर्शन सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी निर्माण कम्पनी देव डी प्रोडक्सनले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर