सुन प्रतितोलामा ४ हजार रुपैयाँ घट्यो

काठमाडौं । आज आइतबार सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको सुनको भाउ यो साताको पहिलो कारोबारको दिन नै भाउ घटेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ४० हजार ३ सय रुपैयाँमा झरेको छ । यता, चाँदी पनि प्रतितोला ७५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको चाँदीको भाउ आज १ हजार ८ सय २५ रुपैयाँमा झरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर