त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिनाका लागि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजनाअन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको जानकारी दिए । उनले भने, “विमानस्थलको क्षमता विस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुने छ । यसका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरेर नोटाम (विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना) जारी भइसकेको छ ।”

प्रमुख निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्वि आयोजना अन्तर्गत हाल धावनमार्गका दुवैतर्फको विन्दुतर्फ नयाँ समानान्तर ट्याक्सी–वे निर्माण भइरहेको जानकारी दिए । उनले ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ एरिया विस्तारका लागि विमानस्थल बन्द गर्न लागिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर