यो वर्षको मनसुन केही दिनमा नेपाल भित्रिने

काठमाडौं । यो वर्षको मनसुन केही दिनमा नेपाल भित्रिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, मनसुन कुन दिन भित्रिन्छ यकिन नरहेको विभागको भनाइ छ । मनसुन भारतको सिक्किमसम्म आइपुगेको छ । मनसुन गत शनिबार नै सिक्किम आइपुगेको थियो । सिक्किम आइपुगेको मनसुनी प्रणाली अगाडि बढेर नेपाल प्रवेश गर्ने हो । “मनसुनका केही सिस्टम दिखन थालेका छन् । औसत मितिअनुसार अब हामी मनसुन प्रवेशको नजिक पनि आइसकेका छौँ,” मौसमविद् रोजन लामिछानेले भने, “मनसुनी प्रणाली भारतको सिक्किमसम्म आएकाले त्यहाँबाट अगाडि बढेपछि नेपाल प्रवेश गर्न धेरै समय लाग्दैन ।” मनसुन नेपालको पूर्वी भू–भागबाट नेपाल प्रवेश गर्छ ।

गत शनिबार नै सिक्किमसम्म मनसुन आए पनि ‘मनसुन ब्रेक’ भएका कारण त्यहाँबाट नेपालतर्फ अगाडि बढ्न सकेको छैन । मनसुनका केही संकेत देखिनबित्तिकै वर्षा भएकै अवस्थामा मनसुन सुरु भयो भन्न नमिल्ने एक मौसमविद्को भनाइ छ । नेपालमा मनसुनका लागि पूर्ण रूपमा प्रणाली बनिनसकेको मौसमविद् बताउँछन् । मनसुन सुरु हुन त्यसका लागि आवश्यक पर्याप्त प्रणाली बन्नु पर्नेहुन्छ, जुन अहिलेसम्म बनिसकेको छैन । सबै नबने पनि केही प्रणाली भने बनेको मौसमविद् लामिछानेको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर