विवादका माझ पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको नवौं अधिवेशन सुरु

भक्तपुर । विवादका माझ नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको नवौं अधिवेशन तथा साधारणसभा आयोजना गरिएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरले अधिवेशनको वहिष्कार गरेको छ ।

युनियनकै आधिकारिक उम्मेदवारका रूपमा सर्वसम्मतका रूपपमा पत्रकार महासंघ भक्तपुर शाखामा निर्वाचित भएका अध्यक्ष जगत प्रजापतिले शाखाका कोषाध्यक्षको हस्ताक्षर नगरिएको प्रतिवेदन प्रस्तुत गर्ने भएपछि युनियनले अधिवेशन बहिष्कार गरेको प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन शिल्पकारले बताए ।

अध्यक्ष शिल्पकारले शनिबार बिहानै विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको सदस्यता टुँगो नलागेको अवस्थामा एकतर्फी रूपमा गतिविधि, अधिवेशन वा साधारणसभाजस्ता कार्यक्रम आयोजना गरेकाले विरोध गर्नु परेको बताएका छन् ।

सदस्यता नवीकरणमा जिल्ला नेतृत्वले देखाएको विभेदपूर्ण व्यवहारप्रति खेद प्रकट गर्दैै युनियनले रोषसमेत प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ थापाले पत्रकार महासंघ भक्तपुरको नवौं अधिवेशन उद्घाटन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर