डेनमार्कका प्रधानमन्त्रीमाथि बीच सडकमै आक्रमण

काठमाडौं ।  डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिकसनमाथि कोपेनहेगनको बीच सडकमै आक्रमण भएको छ । सडकको बीचमा रहेको स्क्वायरमा हिंडिरहेका बेल एक मानिसले उनी नजिक गएर हिर्काएको बताइएको छ । प्रधानमन्त्री माथि आक्रमण गर्ने व्यक्ति अहिले पक्राउ परिसकेका छन् । घटनाबाट प्रधानमन्त्री स्तब्ध र अचम्भित भएकी छन् । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले यो घटनालाई निन्दनीय कार्य भन्दै विरोध जनाएको छ ।

डेनमार्कको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्री माथि आक्रमण भएको र आक्रमणकारी पक्राउ परेको जानकारी दिएको छ । घटनाका विषयमा विज्ञप्तिमा विस्तृत जानकारी भने दिइएको छैन । प्रहरीले आक्रमणकारीका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर आक्रमणकारी र आक्रमणको कारणका विषयमा केही खुलाएको छैन । आक्रमण डेनमार्कमा युरोपेली संघको निर्वाचन हुन दुई दिन अघि भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर