औषधीजन्य प्रयोजनका लागि गाँजा खेती खुला गर्न नियमावली ल्याइँदै

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने आवश्यक नियमावली ल्याउने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा लामिछानले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउन मन्त्रालयले अध्ययन गरिरहेको र एक महिनाभित्रै नियमावली ल्याउने बताए। नेपालमा गाँजालाई व्यवसायीकरण गर्ने उद्देश्यले नै बजेट विनियोजन गरिएको भन्दै आवश्यक सुरक्षा चुनौतीका विषयमा मन्त्रालयले गम्भीर भएर काम गर्ने उनले बताए।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले मुलुकलाई आर्थिकरूपमा अघि बढाउनका लागि नै गाँजाको औषधि र औद्योगिक प्रयोजनका लागि उत्पादनमा जोड दिइएको जानकारी दिए। अप्रत्यक्षरूपमा गाउँगाउँमा गाँजा खेती भइरहेको सन्दर्भमा अनुसन्धानका लागि गाँजा तत्काल खुला गरिँदा कसैले पनि डर मान्न नपर्ने तर यसका कारण हुने विकृतिलाई भने ध्यान दिइनुपर्ने उनको भनाइ छ। गाँजा खेती औषधि प्रयोजनका लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा विक्री वितरणलगायतका विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा समितिले सरोकारवाला मन्त्रालयसँग छलफल गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर