सहकारी छानबिन संसदीय समितिको बैठक

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको बैठक आज बसेको छ । बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन् । सहकारीमा भएको रकम दुरुपयोगको विषयमा छानबिन गर्न १५ जेठमा संसदीय विशेष समिति बनेको थियो ।नागरिकको रकम दुरुपयोग भएका २९ वटा सहकारीको छानबिन गर्न समितिलाई तीन महिनाको समय दिइएको थियो । समितिको संयोजकमा एमालेका सूर्य थापा छन् ।

एमालेकै सरिता भुसाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान पनि सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर