नेप्से परिसूचकमा ८.४ अंकको गिरावट

काठमाडौं । आज बुधबार नेप्से परिसूचक शेयर बजारमा ८.४ अंकको गिरावट आएको छ । मंगलबार ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको थियो । ०.४ प्रतिशतले घटेको नेप्से परिसूचक आज २ हजार ७६ दशमलव ८९ प्रतिशतमा पुगेर बजार बन्द भयो । आज कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब ९९ करोड रुपैयाँको ८० लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ । मंगलबार ८३ लाखभन्दा धेरै कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर